sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट छ : सभापति देउवा

९ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको सभापति देउवाले बताएका हुन् । 

सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको स्पस्ट पार्दै उनले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको जानकारी गराएका छन् । राहत तथा खोजि उद्धारमा सरकारले आफ्नो हिसाबले सुरक्षाकर्मीहरु तैनाथ गरी व्यवस्थापन गरेको बताए ।

उनले भने, ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु। सय दिनलाई हनिमुन डेज भन्छन् नि। राम्रो काम गरेको छ। राम्रो काम गरिरहेको छ, के भएको छ तरु गति पनि लिएको छ। बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ। काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन ।’

सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरु आउनु स्वाभाविक रहेको सभापति देउवाको भनाइ छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्