एनआरएनएको साधारण सभा रोक्न माग गरिएको रिट ‘हेर्न नमिल्ने’
काठमाडौं । गैरआवासीय नेपाली संघको सचिवालयलगायतलाई विपक्षी बनाएर आरके शर्मासहित ३ जनाले दायर गरेको रिट ‘हेर्न नमिल्ने’ भएको छ ।
बद्री केसी पक्षले गर्न लागेको साधारण सभा रोक्न माग गर्दै सर्वोच्चमा दायर गरिएको मुद्दाको पेसी न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासमा तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।
सुवेदीसहितको संलग्नतामा यसअघि पनि सोही प्रकृतिको मुद्दाको फैसला भएकाले मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । शर्माले अक्टोबर २७ देखि बद्री केसी पक्षले विवादका बिच साधारण सभा गर्न लागेकाले त्यसलाई रोक्न माग गर्दै बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।






