sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रुपेन्देहीमा पनि रविसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी, संगठित अपराधमा अनुसन्धान हुने

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

बुटवल । सहकारी प्रकरणमा अनुसन्धान भइरहेका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले पनि पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ । 

बिहीबार मात्रै कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएर प्रहरी हिरासतमा रहेका लामिछाने, छविलाल जोशी र गितेन्द्रबाबुसहित १२ जनाविरुद्ध पूर्जी जारी भएको हो । 

जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति दिएको हो । 

छविलाई यसअघि नै रुपन्देही ल्याएर १३ घण्टा बयान गराएर पोखरा पठाइएको छ । प्रहरी स्रोतका अनुसार रविलाई शुक्रबार रुपन्देही ल्याउने तयारी भइरहेको छ ।

रविलाई शुक्रबार ल्याउने तयारी भएपछि प्रहरी र सरकारी वकिलको टोलीले बिहीबारदेखि नै बुटवलको सुप्रिम बचत तथा ऋण बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन भएको सम्बन्धमा अनुसन्धान र बयानका लागि तयारी गरिरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्