sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि आइतबारलाई तोकियो पेसी

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट हेर्न नभ्याउने हुँदै सरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी रहेको उक्त मुद्दा न्यायाधीशले हेर्न नमिल्ने भएका कारण आज सुनुवाइ हुन नसकेको हो । 

आज हेर्न नमिल्ने भएपछि उक्त मुद्दाको पेसी आइतबारका लागि तोकिएको हो ।  अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । 

न्यायाधीश सुवेदीले मीनबहादुर जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा आफूले हेरिसकेकाले अहिलेको मुद्दा नहेर्ने भनेपछि सुनुवाइ हुन सकेन । सुवेदीले यस गुरुङको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ गरेका थिए । यसअघि एउटा मुद्दा आफ्नो राय सुनाएकाले सोही प्रतिवादी विरुद्ध फेरि आएको निवेदनमा सुनुवाइ गर्न अस्वीकार गरेका हुन् ।  

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्