sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रास्वपाले आज पोखरामा अन्तिम प्रदर्शन गर्दै

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको आरोप लगाएको छ ।

कास्कीको पोखरामा आज बिहान पत्रकार सम्मेलन गरी पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएको ६ दिन बितिसक्दा ४-५ घण्टामात्रै बयान लिनु यसैको पुष्टि रहेको बताए । उनले कागजात पुगेन भनेर फेरि म्याद थप्न खोजिएको बताएका छन् ।

उनले भने, ‘हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा रु देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो । १२५ घण्टामा ४-५ घण्टामात्रै बयान भएको छ । कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ ।’

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई थुनामा राखेको उनको आरोप छ । भ्रष्टाचार गरेको हो भन्ने विषयमा कुनैपनि प्रतिवेदनमा प्रमाणित नभइसकेको अवस्थामा सभापतिलाई पक्राउ गर्नु उचित नभएको पनि बताए । उपसभापति वाग्लेले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको स्पष्ट पारे ।

न्यायालयको फैसलामा विमति राख्नुपर्ने अवस्था आए पनि स्वीकार गर्ने भन्दै उनले छानीछानी डीएसपी र सीडीओ पठाउने काम भइरहेको उल्लेख गरे ।उपसभापति वाग्लेले अब पोखरा केन्द्रित आन्दोलन रोकेर काठमाडौंमा प्रदर्शन गर्ने जानकारी दिए । उनले पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने बताए ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् । उनले सहकारी पीडितहरू आफूहरूको आन्दोलनमा सहभागी भएको दाबी गर्दै नक्कली पीडितले प्रदर्शन गरिरहेको बताए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्