sevenstartv.com ५ पुष २०८२, शनिवार

साफ वुमन्स च्याम्पियनसिप : नेपाल र श्रीलंका तथा भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुने भएको छ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्ने छ भने भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण तय हुनेछ ।

समूह बी बाट आयोजक नेपालसहित भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडमा छन् भने लगातार दुई खेल हारिसकेको माल्दिभ्स समूह चरणबाटै बाहिरिसकेको छ ।नेपाल र भुटान यस समूहमा अपराजित छन् र दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेपाल अघि छ । पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११(० ले हरायो भने भुटानले श्रीलंकालाई ४(१ ले पराजित गर्‍यो ।

नेपाल र श्रीलंका तथा भुटान र माल्दिभ्सबीचको खेलको नतिजापछि समूह बी बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ । भुटान र माल्दिभ्सबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्