सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक संघीय संसद सचिवाल सिंहदरबारस्थित समितिको हलमा बिहान ११ः४५ बजे बस्ने जनाइएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।






