sevenstartv.com १६ असार २०८३, मङ्गलवार

छविलाल जोशीसँग आज पनि बयान सुरू

६ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीसँग आज जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई सोमबार साँझ भैरहवा लगिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केही बेर अघिदेखि बयान सुरु भएको बताइएको छ । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पौडेल, इलाका प्रहरी कार्यालय बुटवल डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की जिल्ला प्रहरीले कार्यालय रुपन्देहीमा अनुसन्धान लागि बयान लिन पठाएको हो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्