sevenstartv.com ५ पुष २०८२, शनिवार

माल्दिभ्सविरुद्ध नेपाल ११-० गोलले विजयी

५ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समाथि ११-० गोलको जित दर्ता गराएको छ । 

नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरे । रेखाले ५ र प्रीतिले ३ गोल गरे ।

पहिलो हाफमा ४-० गोलले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । ७ र ६५औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

नेपालका लागि रेखाले पनि ५ गोल गरेकी थिइन् । उनी ८३औं मिनेटमा सब्स्टिच्युट भएकी थिइन् । पहिलो हाफको ३२ र ४२औं मिनेटमा गोल गरेकी रेखाले ४८ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले ६३ र ७८औ‌ मिनेटमा २ गोल थपेकी थिइन् ।

नेपालका लागि सविता रानामगर, अमिषा कार्की र अनिता केसीले पनि एकएक गोल गरेका थिए ।

नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो । माल्दिभ्सलाई हराएपछि नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपालको २ खेलबाट ४ अंक भएको छ ।

भुटानको पनि २ खेलबाट ४ अंक छ । भुटानले सोमबार भएको खेलमा श्रीलंकालाई ४(१ गोलले हराएको थियो । पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १(० गोलले पराजित गरेको थियो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्