अर्थमन्त्री पौडेल अमेरिका जाँदै
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाने भएका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पौडेल राति अमेरिकाको वासिङटन डिसी जाने भएका हुन् ।
न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन् । पौडेल कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।






