'एक सय दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ'
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् । आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा दाहालले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् ।
सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ ।’
वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाइ छ ।






