डीआईजी राणा एआईजीमा बढुवा सिफारिस
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् ।
गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरी समुहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो ।
राणालाई प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बताइएको छ । बढुवा सिफारिस भएकी राणा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा कार्यरत छन् ।






