माओवादी अध्यक्ष प्रचण्ड जुम्ला जाँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जुम्ला जाने भएका छन् । माओवादी केन्द्र जुम्ला कमिटीले सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरेको जनसभालाई सम्बन्धन गर्न उनी जुम्ला जान लागेका हुन् ।
माओवादी केन्द्र जुम्ला इन्चार्ज नरेश भण्डारीका अनुसार प्रचण्ड काठमाडौंबाट नेपालगन्ज र त्यहाँबाट हेलिकप्टरमार्फत सिधै कनकासुन्दरी पुग्ने छन् । जनसभासँगै ठुलो सङ्ख्यामा अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको भण्डारीले बताए ।
जनताका चाहना बुझ्न, सुशासनबारे जनतालाई आह्वान गर्नुहुन्छ,उनले भने, 'यो ऐतिहासिक क्षेत्र पनि हो ।'






