अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी
काठमाडौं । अमेरिकाविरुद्धको टी–ट्वेन्टी सिरिजमा नेपालले क्लिन स्विप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलकै सिरिजमा क्लिन स्विप गरेको हो ।
पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो ।
नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एकरएक विकेट लिए ।

.gif)