sevenstartv.com १६ असार २०८३, मङ्गलवार

भीम रावललगायत तीन नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

४ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले भीम रावललगायत नेतृत्वमाथि प्रश्न उठाउने तीन जना नेताहरुमाथि कारबाहीको डण्ड चलाएको छ ।

आज बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण निमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए । पाण्डेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि भन्दै जग्गा दान दिएको विषयमा टिप्पणी गरेकी थिइन् । रावललाई महाधिवेशनमा अध्यक्ष केपी शर्माओलीविरुद्ध उम्मेदवारी दिएको दिनबाट नै जिम्मेवारी विहीन बनाइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्