sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रवि लामिछानेविरुद्धको बहस सकियो

४ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो ।

केहीबेरमै म्यादबारे आदेश आउने अदालत स्रोतले जनाएको छ । प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद लिएको थियो ।

लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए । उनलाई आजै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्