sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरले बुझायो ज्ञापनपत्र

४ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका जिल्ला संयोजकले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । 

भक्तपुर संयोजक रामेश्वर बस्नेतले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई रिहा गर्न रास्वपा भक्तपुरले माग गरेको छ । पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछाने माथि अनुसन्धान गरिरहेको छ । 

रास्वपा भक्तपुरले लामिछाने सहकारीको रकम अपचनमा संलग्न भएको जिकिर गरेको छ । संयोजक बस्नतेले सहकारी ठगीमा संलग्न आरोप लागेका धनराज गुरुङ र ऋषिकेश पोखरेललाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्