sevenstartv.com १६ असार २०८३, मङ्गलवार

धनराज गुरुङ र ऋषिकेश पोखरेललाई पक्राउ गर्न वर्षमानको माग

३ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद् समेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन् ।

पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा आज गरेको पत्रकार भेटघाटमा पुनले आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तर, गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताएका हुन् ।

पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिएका छन् । राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो ।

‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस्। रवि लामिछानेमाथि जे गरिएको छ, धनराजलाई पनि त्यही होस्। प्रधानमन्त्रको पार्टीका सांसद् पोखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ ।'

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्