sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सभापति पक्राउको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन

३ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले काठमाडौंको माइतीघर र पोखरामा प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा लामिछानेको पक्राउविरुद्ध प्रदर्शन जारी छ । लामिछानेविरुद्ध हिजो पक्राउ पूर्जी जारी भएसँगै सीआईबीको टोलीलै केन्द्रीय कार्यालय घण्टीघरबाटै पक्राउ गरेर आज बिहान पोखरा पुर्‍याई प्रहरीको जिम्मा लगाएको हो ।

प्रहरीका अनुसार आज शनिबार परेकाले लामिछानेलाई भोलि कार्यालय खुलेपछि मात्रै म्याद थपका लागि अदालतमा लगिने छ । उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान चल्ने प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्