sevenstartv.com १६ असार २०८३, मङ्गलवार

गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन उच्च अदालतकाे अल्पकालिन अन्तरिम आदेश

२ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

आफूलाई गैरकानूनी रुपमा धर्मशालाबाट निकाल्न खोजेको भन्दै मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास समिती, काडमाडौं महानगरपालिका सहित ११ वटा निकाय विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्