मोरङका एसपी नवराज कार्की हेडक्वार्टर तानिए
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की हेडक्वार्टर तानिएका छन् । मोरङमा सरुवा भएको ८ महिनामा उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो । उनलाई फिर्ता बोलाउनुको कारण खुलाइएको छैन ।
मोरङमा प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाइएको प्रहरी बताइएको छ । लिम्बु प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । कार्कीलाई उनको ठाउँमा ल्याइएको छ । नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए ।






