sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

२ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिहंदरबारस्थित समितिको कार्यालयमा बस्ने छ ।

बैठकमा गृह मन्त्रालयका अधिकारीसँग छलफल हुनेछ । छलफल विपद व्यवस्थापन सम्बन्धमा केन्द्रीत रहने बताइएको छ । गत ११ र १२ गतेको वर्षासँगै आएको बाढी पहिरोले देशभर करिब १० हजार परिवार विस्थापित भएका थिए । 

अहिले पनि अधिकांश पीडितले सार्वजनिकस्थल र आफन्तजनकहाँ आश्रय लिइरहेका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड र जोखिम व्यवस्थापन कोषमा एक अर्ब ६० करोड मौज्दातबाहेक जिल्ला–जिल्लामा थप रकम भए पनि पीडितले सहयोग पाउन सकेका छैनन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्