sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रास्वपा अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले दिए राजीनामा

१ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको हो ।

‘उनले अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा पार्टीमा बुझाएका छन् । पार्टीबाट नै राजीनामा दिएको चाहिं होइन,’ रास्वपा स्रोतले भन्यो । न्यौपाने राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको बताइएको छ । पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बताइएको छ । 

कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् । अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए । देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरण सोधेका थिए । विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानले राजीनामा दिएपछि हाल चार सदस्यीय कार्यसमिति छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्