sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कांग्रेस महामन्त्री शर्माले गरे एमाले पार्टी कार्यालय शिलन्यासको विरोध

३० असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने बताउनुभएको छ ।

सत्ता साझेदार दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनबहादुर गुरुङले गर्नुभएको सहयोगको बिरोध गर्नुभएको हो ।

उहाँले एक अर्ब रुपैयाँ भन्दा बढी मुद्रा पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको भन्दै यसको जवाफ नेकपा एमालेले दिनुपर्ने बताउनुभयो ।

उहाँले व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नेकुरा राम्रो भएपनि एक अर्ब भन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको उल्लेख गर्नुभयो । महामन्त्री शर्माले पार्टी कार्यालय सबैको मन गाँसेर र साथमा लिएर बनाउन सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले नागरिक पंक्तिलाई यसबारेमा स्पष्ट पार्न जरुरी रहेको बताउनुभयो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्