दशैंपछि शेयर बजारमा आयो उछाल
काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधवार ४३.२२ अङ्कले बढेको छ । योसँगै नेप्से २७४२ अङ्क पुगेको छ ।
आज शेयर बजार २७४८ को बिन्दुसम्म पुगेर फर्किएको थियो । बुधवार कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको कारोबार भयो ।
कुल २०६ कम्पनीको मूल्य बढ्दा ३५ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन सबै क्षेत्रका सूचक बढेका छन् ।
व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो । साल्ट ट्रेडिङको मूल्य ३.८४ प्रतिशतले बढ्दा समग्र समूह उठ्यो ।
त्यस्तै बैङ्किङ १.९८, विकास बैङ्क १.८५, फाइनान्स ०.८६, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर २.१३, लगानी ०.६९, जीवन बिमा १.८०, उत्पादन १.३६, माइक्रो फाइनान्स १.४८, निर्जीवन बिमा १.३८ तथा अन्य समूह ०.५७ प्रतिशत बढे ।

.gif)