sevenstartv.com १६ असार २०८३, मङ्गलवार

९ बर्ष भाडाका भवनमा बस्दै आएको एमालेको अब आफ्नै भवन बन्ने

प्रधानमन्त्री ओलीद्वारा मुख्यालय भवन शिलान्यास

२५ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार वैदिक विधिअनुसार सो कार्यालय भवनको शिलान्यास गर्नुभएको हो । 
कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता÷कार्यकर्ताको उपस्थिति रहेको छ ।

एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङले उपलब्ध गराउनुभएको हो । 

२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रिय कार्यालय बनाउने काम शुरु गरिएको एमालेले जनाएको छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्