राष्ट्रिय ब्लिट्ज तथा र्यापिड र खुल्ला नेकोस बुद्धिचाल खेल हुने
काठमाडौं । नेपाल बुद्धिचाल महासंघको वार्षिक कार्यक्रम अन्तर्गत प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल तथा दोश्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा कार्तिक ५, ६ र ७ गते हुने भएको छ।काठमाडौं स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिताका विजेता खेलाडीले राष्ट्रिय ब्लिट्ज उपाधि सहित नगद २० हजार हात पार्ने छन्। उपविजेताले नगद १४ हजार, तृतीयले ९ हजार, चौथोले ६ हजार, पाँचौले ४ हजार र छैटौं देखि दशौं स्थानमा रहने खेलाडीले समान नगद २(२ हजार पुरस्कार प्राप्त गर्ने छन्। स्पर्धामा उत्कृष्ट महिला खेलाडीले ५ हजार, ३ हजार र २ हजार हात पार्नेछन्।
अन्य उत्कृष्ट विधा सहित ब्लिट्ज स्पर्धामा कूल ८३ हजार ५ सय पुरस्कारको व्यवस्था गरिएको छ। द्रुतगतिमा खेलिने ब्लिट्ज खेलको लागि खेलाडीले ३ मिनेट पाउने छन् भने प्रत्येक चाल बापत थप २ सेकेण्ड थपिदै जानेछ। खेल ९ चरणको हुनेछ।
यसैगरी विश्व बुद्धिचाल महासंघ ९फिडे० र एशियन चेस फेडेरेशनको तत्त्वावधानमा सञ्चालन हुने दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताका विजेता खेलाडीले उपाधि संगसँगै नगद ३० हजार प्राप्त गर्नेछन् । खेलको उपविजेताले नगद २० हजार, तृतीयले १४ हजार, चौथो हुनेले ९ हजार, पाँचले ६ हजार र बाकी दशौं स्थान सम्म रहने प्रत्येक खेलाडीले ४(४ हजार पुरस्कार प्राप्त गर्नेछन्।
राष्ट्रिय र्यापिड प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुने ३ जना महिला खेलाडीले क्रमशस् ७ हजार, ५ हजार , ३ हजार सहित उत्कृष्ट स्थानीय, उत्कृष्ट ५५ वर्ष माथिका भेट्रान, रेटिङ १७ सय मुनि, उत्कृष्ट अनरेटेड, उत्कृष्ट जुनियर वर्ष १२, १४,१६ सबै व्यक्तिगत विधाका खेलाडीलाई २ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ। र्यापिड स्पर्धामा कूल नगद १ लाख ३१ हजार ५ सय प्रदान गरिनेछ। मध्यम गतिमा खेलिने र्यापिड खेलको लागि हरेक खेलाडीले १५ मिनेट पाउने छन् भने प्रत्येक चालमा १० सेकेण्ड थपिनेछ। खेल जम्मा ९ चरणको हुनेछ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारले विभिन्न आधिकारिक राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्ने क्रममा ब्लिट्ज र र्यापिड राष्ट्रिय स्पर्धाको सम्पूर्ण जिम्मेवारी काठमाडौं स्पोर्ट्स एकेडेमीलाई प्रदान गरेको बताए।

.gif)