sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन

२५ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । 
शुक्रवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो ।

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ ।

वडा दशैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्शाल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो । त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी मनाइएको छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्