sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जना पक्राउ

२० असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जना पक्राउ परेका छन् ।

कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

उनीहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नेहरु मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरु रहेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्