sevenstartv.com १६ असार २०८३, मङ्गलवार

नवनियुक्त प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथ ग्रहण आज

२० असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुने भएको छ ।  शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।

शपथ ग्रहण कार्यक्रम आज दिउँसो साढे १ बजे निर्धारण गरिएको छ । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । उनी साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्