sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालले गरे भेट

१८ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् ।

आज राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी राष्ट्रपति पौडेललाई गराएका हुन् । 

अध्यक्ष दाहाल स्विट्जरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज २५ गते प्रस्थान गर्ने छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्