मन्त्री तामाङ र खतिवडाको पहलमा खुर्कोटमा बेलिबृज बन्दै
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले खुर्कोटमा बेलिबृज बनाउन पहल गरेका छन् ।
शुक्रबार तामाङ र खतिवडाकाे पहलमा हेटौंडाबाट ब्रिजका लागि गाडीमा सामान लोड गरिएको छ । नेपाली सेनाको टोलीले ब्रिज बनाउने बताइएकाे छ ।






