sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुकिला नोटको वितरण आजदेखि

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको लागि आइतबारदेखि सुकिला नोट वितरण गर्ने भएको छ ।

हरेक वर्ष दशैँका लागि नयाँ नोट साट्दै आएको राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको हो । आइतबारदेखि सर्वसाधारणले राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन् ।

दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ । दशैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने बताइएको छ ।

दशैँ–तिहारका लागि ५, १० २०, ५० र १०० दरका नयाँ नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सुकिला नोट सटहीको सुविधा दिनेछ ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैंकले साना दरको ११ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्