sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने राष्ट्र बैंकको तयारी

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् ।

पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको तर निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा बैंकहरुमा लगानी योग्य पुँजी थुप्रिरहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार साउन २० गतेसम्म बैंकहरुको निक्षेपको आकार ६४ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने यता कर्जा लगानी जम्मा ५१ खर्ब ४५ अर्ब रुपैयाँ बराबर मात्र हुन सकेको छ ।

समीक्षा अवधिमा सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) जम्मा ७८.४५ प्रतिशत मात्र कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि तरलता रहेको छ । यसले गर्दा पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्स रिपोमार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ । 

बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गर्दछ । यस्तै अधिक तरलता हुँदा रिभर्स रिपो मार्फत प्रशोचन गर्ने गर्दछ । 

यो पनि पढ्नुहोस्