sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दुई संसदीय समितिको बैठक आज बस्दै

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्