sevenstartv.com १६ असार २०८३, मङ्गलवार

परराष्ट्रमन्त्री डा. राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेटवार्ता

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा ‘युएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री डा. राणाले महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले विश्वमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरीन् । 

साथै मन्त्री डा. राणाले नेपाल पनि लैङ्गिक समानताका क्षेत्रमा युएन वुमनसँग मिलेर गर्दै आएको कार्यको स्मरण गर्दै आगामी दिनमा थप प्रवर्धन गर्न सदैव तत्पर रहेको बएकी छन् ।  मन्त्री डाराणाले नेपालले महिला सशक्तीकरण, लैङ्गिक समानता, शिक्षा, रोजगारी, उद्यमशीलता तथा अन्य आवश्यकताका क्षेत्रमा महिलाहरुलाई समान अधिकार प्रदान गरिरहेको जानकारी कार्यकारी निर्देशक बहुसलाई गराइन् । 

 लैङ्गिक समानता र महिला अधिकारका लागि नेपालमा भएको लामो सङ्घर्ष तथा आफ्नो सक्रिय सहभागिताका बारेमा पनि मन्त्री डा. राणाले उनलाई जानकारी गराएकी हुन् । आगामी दिनमा पनि लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले नेपाललाई सहयोगका साथै यस विषयमा नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको सो भेटमा मन्त्री डा. राणाले बताएकी छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्