sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दुई वटा संसदीय समितिको बैठक बस्दै

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा,शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्