sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कांग्रेसद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी आइतबार दिउँसो २ बजे बोलाएका हुन् ।

बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्