sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कांग्रेस-एमाले गठबन्धन धेरै टिक्दैन : प्रचण्ड

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने बताएका छन् ।

पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बिहीबार सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा जान आफूहरुले हतार नगरेको बताए । तर यो गठबन्धन धेरै नटिक्ने दाबी गरे ।

‘तर उनीहरु मिल्दै छैनन् । मलाई लाग्छ, केही समयभित्रै त्यो अप्राकृतिक गठबन्धन कुहिएर झर्छ’, उनले भने, ‘त्यो बेला के गर्ने भन्ने हामीले सोच्नुपर्ने स्थिति छ ।’ 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्