sevenstartv.com ५ पुष २०८२, शनिवार

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न दशरथ रंगशाला जाने

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न त्रिपुरेश्वर जाने भएका छन् ।

नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली दशरथ रंगशालाको कभर्ड हल जाने भएका हुन् । खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री स्वयम् खेल हेर्न जान लागेका हुन् ।

नेपालले आज साँझ ५ बजे भारतसँग काभा महिला भलिबलको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।  लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।

नेपाली टोली आज उपाधि रक्षा गर्ने योजनाका साथ मैदान उत्रदै छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्