sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेप्से २५ सय विन्दुभन्दा तल, आज ३२ अङ्कले घट्यो

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । हिजो बढेको शेयर बजार आज भने घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ८१ अङ्कले घटेर दुई हजार चार सय ८६ दशमलव ७६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले घटेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ ।

हिजो चार अर्ब ८१ करोडको कारोबार भएकोमा आज तीन सय २२ वटा कम्पनीका एक करोड ३६ लाख कित्ता शेयर चार अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै अपी पावर कम्पनीको ४७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्