खोला किनाराको थप २० मिटर मापदण्डविरुद्ध प्रदर्शन
काठमाडौं । खोला किनाराको थप २० मिटर मापदण्ड लागू हुने भनी सर्वोच्चले गरेको निर्णय र कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको तयारीको विरुद्ध आज काठमाडौंमा प्रदर्शन भएको छ ।
फैसला कार्यान्वयन गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन सुनुवाइकै क्रममा रहेको अवस्थामा प्रदर्शन भएको हो । पीडितहरूले जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय खारेज गर भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।






