sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री र बंगलादेशका प्रमुख सल्लाहकारबीच भेटवार्ता

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । 

न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९औँ महासभामा भाग लिन पुगेका दक्षिण एसियाका दुवै सरकार प्रमुखबीचमा पहिलो पटक साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो ।

युनुस बंगलादेशमा सत्ता परिवर्तन भएपछि अन्तरिम सरकारका प्रमुख सल्लाहकार बनेका हुन् । नेपाल र बंगलादेशका सरकार प्रमुखहरूबीचमा पहिलो पटक भेटवार्ता भएको हो । भेटका अवसरमा दुई मुलुकबीचको सम्बन्ध बारेमा छलफल भएको थियो ।

न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार ओली र युनुसबीचको छलफल ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदान-प्रदान, शैक्षिक सम्बन्ध तथा क्षेत्रीय-अन्तर्राष्ट्रिय फोरमहरूमा सहकार्यमा केन्द्रित रहेको जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्