परराष्ट्रमन्त्री डा.राणा र स्पेनका राष्ट्रपति सान्चेजबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र स्पेनका राष्ट्रपति पेड्रो सान्चेजबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. राणाले राष्ट्रपति सान्चेजसँग भेट गरेकी हुन् । यस क्रममा उनीहरूबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भयो ।
नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।






