sevenstartv.com १६ असार २०८३, मङ्गलवार

परराष्ट्रमन्त्री डा.राणा र राष्ट्रसंघका उपमहासचिव लाख्वाबीच भेटवार्ता

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वाबीच भेटवार्त भएको छ । 

परराष्ट्रमन्त्री राणाले लामो समयदेखि नेपालले शान्ति  मिसन सहभागी भएर योगदान गरेको बताउँदै मिसनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । उनले नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुनुपर्ने बताएकी छन् ।

परराष्ट्रमन्त्रीले बुधबार नै राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गरिन् उक्त भेटमा दिगो विकासका लक्ष्य,जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालगायत साझा चासोका विषयमा छलफल भएको थियो । नेपालले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय समूहको अध्यक्षका नाताले अतिकम विकसित देशहरूको सामूहिक हितका खातिर एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएकोनियागले जनाएको छ । 

परराष्ट्रमन्त्री डा. रााणा र  सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्