राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र सांस्कृतिक क्षेत्रलाई विशेष ध्यान दिइरहेको बताएका हुन् । उनले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवद्र्धन हुने बताए ।
खेल क्षेत्र समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्वपूर्ण रणनीतिक क्षेत्र भएको उनले उल्लेख गरे। उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने बताएका छन् ।






