sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी छ'

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भुमिका निभाउनुपर्ने बताएका छन् । 

आज महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन राष्ट्रिय सम्मेलनमा बोल्दै उनले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उल्लेख गरेका हुन् । उनले तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलावयु परिवर्तनबाट नेपाललाई परेका असरहरुको न्युनिकरण गर्न सकिने बताए । 

उनले संघले प्रदेश र स्थानीय तह र स्थानीय तहले प्रदेश र संघ सरकारलाई गाली गरेर समस्याको समाधान नहुने भन्दै सबै एकजुट भइ समस्याको समाधानका लागि काम गर्नुपर्ने बताए । उनले प्रदेश र स्थानीय तहलाई बजेट कम दिइएको भन्दै असन्तुष्टि जनाए । उनले काम धेरै गर्नुपर्ने तर बजेट सिमित हुने भएकाले संघ सरकारले बजेटको अनुपात बढाउनुपर्ने बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्