sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेप्सेमा उच्च अंकको गिरावट, ५९ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाण्डौ  । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ ।

हिजो ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ ।

आज तीन सय नौ वटा कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्