sevenstartv.com ५ पुष २०८२, शनिवार

नेपाल र ओमानबीच प्रतिस्पर्धा

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार पौने ९ बजे मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा सुरु हुनेछ ।

क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप हारबाट जोगिन आज जित्नै पर्ने दबाब छ । नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ ।

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो । 

क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो । घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ । 

नेपाललाई लिग-२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ । किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ । तर नेपालको फास्ट बलिङर ब्याटिङ चल्न सकेको छैन । प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित आज आफ्नो टिमबाट सुधारिएको फास्ट बलिङर ब्याटिङको अपेक्षा गर्ने छन् । 

दोस्रो खेलमा ओमानविरुद्ध तिन परिवर्तन गरेको नेपालले तस्रो खेलमा सोही टिमलाई निरन्तरता दिएको थियो । तर त्यसले पनि नेपाली टोलीको हारको शृंखला नरोकिएपछि नेपालले आज पनि प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना छ ।  लिग २ को आफ्नो दोस्रो सिरिज खेलिरहँदा ७ मध्ये केवल १ जित हात पारेको नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । 

६ खेलमा ५ अंक जोडेको ओमान छैठौं स्थानमा छ। ११ खेलमा १४ अंक जोडेको घरेलु टोली क्यानडा शीर्ष स्थानमा छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्