नेप्से परिसूचक ५९ अंकले घट्याे
काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सबै सूचक घटेका छन् । सोमबार नेप्से परिसूचक ५९ अंकले घटेर २५२९ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो । प्रिओपनमा बजार बढे पनि नियमित कारोबार सुरु भएपछि भने निरन्तर बजार ओरालो लाग्यो । १४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो ।
हिमालयन हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ८.१, रावा इनर्जीको ५.३, नेपाल फाइनान्सको ५.१, मातृभूमि लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो ।

.gif)